आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका उनलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।
प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए । ‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ?,’ युवाहरूले उनलाई प्रश्न गरेका थिए, ‘तपाईं झुट र ढोंगी हो, तपाईं एसएलसी फेल हो कि होइन ?’
शाहीले उत्तर दिए पनि उनको कुरै नसुनी उनीमाथि एकोहोरो प्रश्न तेर्स्याएका थिए । आफूलाई विद्यार्थी भन्ने केही युवाले शाहीमाथि हातपात गरेका थिए ।
नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए । तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले कुपण्डोलमा पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलन चलिरहेकै बेला प्रहरी कार्यालय परिसरमा पुगेको थियो । शाहीलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले शाहीलाई जावलाखेलमा राखेकाे छ ।
प्रतिकृया दिनुहोस