• समाचार

    ट्याक्टर दुर्घटनामा २ को मृत्यु ५ घाइते

      ओमकार


    भदौ २९, कपिलवस्तु : कपिलवस्तुमा ट्रयाक्टर हुंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाकोे वाणगंगा नगरपालिका वडा नम्बर १ बुङची चोक स्थित कोपवा जाने मोडमा ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर बुङची–कोपवा सडकखण्ड अन्र्तगत बुङचीचोकमा शनिबार राति अनियन्त्रित भई बाटोभन्दा तल पल्टिएको थियो।

    दुर्घटनामा ट्रयाक्टर चालक वाणगंगा नगरपालिका वडा नम्बर १, उप्टहवा निवासी ३५ वर्षीय रामु थारु र सोहि ठाउँका १५ वर्षीय रन्जित बोटे माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका वाणगंगा नगरपालिका वडा नम्बर १, निवासी १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परियारलाई बुटवल रिफर गरिएको छ भने अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

    तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ट्याक्टर पल्टिदा चालक थारु र बोटे च्यापिएका थिए। उनीहरुलाई एक्साभेटरले निकालेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस