• देश

    बाल दिवस मनाईदै,प्रधानमन्त्रीले दिए शुभकामना

      ओमकार


    आइतबार, २९ भदौ, काठमाडौं । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

    दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरु विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको हक हितको कार्यान्वय सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।

    उनले नेपालको संविधानले प्रत्याभूत गरेका बालबालिकाको हक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेकोसमेत उल्लेख गरेका छन् । बालबालिकाहरु आफैं आफ्नो अधिकार प्रयोग गर्न नसक्ने र त्यस्सका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ्य र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरुको अधिकार रहेको प्रधानमन्त्री ओलीले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस