काठमाडौं : नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातको प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलो भएको भन्दै यात्रुहरूले हातपातको प्रयास गरेका हुन् ।
बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएको थियो । जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
उक्त जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । यात्रुले मन्त्री भट्टराई को हो र भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।
मन्त्रीमाथि हातपातको प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।
नयाँपत्रिका दैनिकबाट
प्रतिकृया दिनुहोस