एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटीले यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा खासै राम्रो नतिजा निकाल्न सकेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको नर्विच सिटीसँग प’राजित भएको छ ।
अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी ३–२ ले प’राजित भएको हो । पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको नर्विचनले दोस्रो हाफमा एक गोल ग¥यो र एक गोल नै खायो ।
१८ औँ मिनेटमा केन्नी म्याकलिनले गोल गर्दै नर्विचलाई सुरुवाति अग्रता दिलाए । २८ औँ मिनेटमा टड क्यान्टवेलले गोल गर्दै नर्विचको अग्रता दोब्बर पारे । ४५ औँ मिनेटमा सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि एक गोल फर्काए ।
५० औँ मिनेटमा टीमू पुकीले गोल गरेपछि नर्विचको अग्रता ३–१ मा पुग्यो । ८८ औँ मिनेटमा रोड्रीले म्यानचेस्टर सिटीका लागि गोल गरे पनि त्यो गोल हा’र जोगाउनका लागि पर्याप्त भएन ।
हारपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको पाँच खेलबाट १० अंक भएको छ । ६ अंकसहित नर्विच सिटी १२ औँ स्थानमा पुगेको छ । म्यानचेस्टर सिटी गएको जनवरी यता पहिलो पटक लिगमा पराजित भएको हो ।
प्रतिकृया दिनुहोस