• विदेश

    साउदीको दुई तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

      ओमकार


    साउदी अरबका दुई मुख्य तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्।

    साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ।

    सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्। यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन। तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो।

    स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ।

    प्रतिकृया दिनुहोस