• खेलकुद

    एएफसी यू १६मा नेपाल जोर्डनसंग भिड्दै

      ओमकार


    एएफसी यू १६ अन्तर्गत आज हुने खेलमा नेपालले बलियो प्रतिस्पर्धी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ। खेल आज बेलुकी ७ः४५ बजे प्रिन्स मोहमद स्टेडियममा सुरु हुनेछ।

    घरेलु टोली जोर्डन बलियो टिम हो। नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठले बलियो टोलीलाई उसैको मैदानमा बराबरीमा रोक्ने आफ्नो पहिलो लक्ष्य भएको बताएका छन्। उनले डिफेन्स राम्रो बनाएर काउन्टर अट्याकमा जोड दिने बताएका छन्।

    नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तान रहेका छन्। नेपाल र जोर्डनले प्रतियोगिताकै पहिलो खेल खेल्न गइरहेका छन्।

    यस अघि नेपाली यू १५ टोलीले दक्षिण एसियाली खेलकुदमा उपविजेता बन्न सफल भएको थियो। साफ खेलेका  कप्तान प्रदिप लम्सालसँगै तीन खेलाडी भने बढि उमेरका कारण टोलीमा समावेश छैनन्। लम्सालसँगै असिम राई र ईश्वर गुरुङको एमआरआई परीक्षणमा उमेर बढी देखिएपछि टोलीमा समावेश नगरिएको हो।  प्रतियोगितामा ४८ वटा देशले भाग लिनेछन्।

    नेपालले बाँकी खेलमा भदौ ३० गते कुवेत, असोज ३ गते ताजकिस्तान र असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।

    प्रतिकृया दिनुहोस