• समाचार

    बारामा हतियारसहित दुई भारतीय नागरिक पक्राउ

      ओमकार टाइम्स


    सशस्त्र प्रहरीको गस्ती टोलीले बारा सिम्रौनगढबाट हतियारसहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टोली र झरौखरस्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले सिमौनगढ कचोर्वा सडक खण्डमा चेकजाँचका क्रममा  दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला कसवा लौखानका  २३ वर्षीय पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखलेस सिंह रहेका छन् । भारतबाट मोटरसाइकलमा आउनेक्रममा उनीहरुमाथि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरुबाट चाइनिज अटोमेटिक पेस्तोल १ थान, म्यागाजिन १ थान, त्यसमा लाग्ने गोली २ थान, घरेलु नलकटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली २ थान बरामद भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए । मोटरसाइकल र हतियारसहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

    प्रतिकृया दिनुहोस