• समाचार

    शिव सेनाका ५०भन्दा बढी कार्यकर्ता पक्राउ

      ओमकार


    काठमाडौं– इन्द्रजात्रामा सरिक विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेका शिव सेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    राष्ट्रपति लगायतका विशिष्ट पदािधकारीविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै प्रहरीले शिव सेनाका कार्यकर्तालाई बसन्तपुरबाट पक्राउ गरेको हो ।

    प्रहरीले शिव सेना नेपालका करिब ५० कार्यकर्तालाई पक्राउ गरेको अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिए ।

    धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने अध्यक्ष बस्नेतले आरोप लगाए ।

    करिब १ हजार पार्टीका नेता तथा कार्यकर्ताले कालो पहिरनमा धर्मनिरपेक्षता पक्षधरका विशिष्ट पदाधिकारीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    प्रहरीले अध्यक्ष अनिल बस्नेतसहित पूर्व डिआईजी विजय भट्ट, पूर्व मेजर केशव बस्नेत लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस