• राजनीति

    भरतपुरमा संयुक्त चुनावी सभा गर्दै गठबन्धन, देउवासहित आधा दर्जन शिर्ष नेताले सम्बोधन गर्ने

      ओमकार टाइम्स


    स्थानीय तहको चुनावमा सबैभन्दा चर्चामा रहेको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भएको छ ।

    सत्ता गठबन्धनले भरतपुरमा बैशाख २२ गते संयुक्त चुनावी सभा गर्ने भएको हो । उक्त चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित आधा दर्जन शिर्ष नेताले सम्बोधन गर्ने सत्ता गठबन्धनले जनाएको छ ।

    सभालाई प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले सम्बोधन गर्नेछन् ।

    भरतपुरमा गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई उम्मेदवार बनाएको छ । कांग्रेसकै बागी उम्मेदवार बनेपछि गठबन्धनले भरतपुरमा विशेष जोड दिएर संयुक्त चुनावी सभा गर्ने भएको हो ।

    भरतपुर महानगरलाई सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको छ । त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केहीदिनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस