देशभर थप ९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार २५५ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टिजेन विधिबाट १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हालसम्म ९ लाख ६६ हजार ६७४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
नेपालमा निको हुने दर ९८।८ प्रतिशत रहेको छ । त्यस्तै १८ हजार १० जनाले खोप पनि लगाएका छन् । हाल देशभर २११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिकृया दिनुहोस