प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
उनी नियमित मुटु परीक्षणका क्रममा त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका हुन् ।
सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर हालैमात्र स्वदेश फर्किएका हुन् । ओलीले गत वर्ष पनि सो अस्पतालमा भर्ना भएर मुटुको उपचार गराएका थिए ।
प्रतिकृया दिनुहोस