• मुख्य

    विप्लवका छोरा प्रकाश चन्द पक्राउ

      ओमकार


    चितवन : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

    उनलाई चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत रहेका चितवन मेडिकल कलेजका विद्यार्थीहरुको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

    प्रकाशलाई आन्दोलनकै क्रममा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

    चन्दसँग अन्य १५ जना विद्यार्थीहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    आन्दोलनका क्रममा कलेजमा अवरोध पु-याउनुका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस