धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरीको नाममा युवती अपहरण गर्ने तीनजनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय अनिल राना, २२ वर्षीय सन्दीप राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए।
तीनैजनाले शनिबार दिउँसो धनगढीकी १६ वर्षीया किशोरीलाई आफूहरू प्रहरी भएको भन्दै लगेका थिए। त्यसपछि उनीहरूले अपहरण गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए। ‘हामीले खबर पाएपछि व्यापक प्रहरी परिचालन गर्यौँ’ उनले भने ‘त्यही दिन साँझ उनीहरू पक्राउ परे।’
उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक र जबरजस्ती करणीविरुद्धको मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस