काठमाडौं : नेपाल आयल निगमले आज दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्रि मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।
जसअनुसार काठमाडौंमा पेट्रोलको प्रतिलिटर १ सय सात रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ नयाँ मूल्य कायम भएको छ ।
निगमले स्वत: संचालित मूल्य संरचना अनुसार इन्डियन अनयल कर्पोरेसनबाट प्राप्त हुने मूल्य अनुरुप पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन गर्दै नयाँ मूल्य कायम गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस