बैतडी : भदौ २० गते राती बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गयो। सुदीप बेलुका साढे ७ बजेरतिर घरआँगनमै खेलिरहेका बेला चितुवाले आक्रमण गरेको हो।
आक्रमण गरेर चितुवाले लगेका सुदीपको शव राती ११ बजेपछी प्रहरी र स्थानीय बासिन्दाले घरभन्दा ५०० मिटर दक्षिणतिरको चिरभोले जंगलमा क्षेतबिच्छेद अवस्थामा फेला पर्यो। सुदीपजस्तै तल्लोस्वराडका २४ जनाको चितुवाकै आक्रमणवाट ज्यान गएको छ। चितुवाकै आक्रमणबाट दुई दर्जन मानिस समेत घाइते भएका छन्। नरभक्षी चितुवाले यसरी घरमै आएर मानिसमाथि आक्रमण गर्न थालेपछी बैतडीको तल्लोस्वराडबासी त्रसित बनेका छन्।
मानवबस्ती पसेर मानिसमाथि आक्रमण गरी विस २०६८ सालदेखि हालसम्म २४ जनाको ज्यान लिएपछी नरभंक्षी चितुवाको त्रासमा बस्न बाध्य भएका छन् बैतडीको तल्लोस्वराडबासी । चितुवाले बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको छ। विद्यालय जादै गरेका बालबालिका तथा साँझपख घरआगनमै बालबालिकामाथि आक्रमण गर्न थालेपछी उक्त क्षेत्रका नागरिक त्रसित बनेका हुन्।
चितुवाले मानवबस्तीमै पसेर आक्रमण गर्ने गरेको भएपनि सम्वन्धित निकायले भने नत हालसम्म चितुवा मार्न सकेको छ नत नियन्त्रण नै। तल्लोस्वराडमा पर्ने ३ वटा स्थानीय नागरिक बर्षभरी नै चितुवाको त्रासमै दैनिकी गर्ने गरेका शिवनाथका विरेन्द्र महताले बताए। तललोस्वराडमा पर्ने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्र हुन्। यी क्षेत्रमा चितुवाले कहिले मानिसलाई आक्रमण गर्छ भने कहिले घरपालुवा जनावरलाई।
चितुवाले ८ बर्षदेखि बर्षेनी आक्रमण गर्ने गरेपछी बालबालिकालाई जोगाउनै मुस्किल हुने गरेको छ। बालबालिकालाई घरमै होस या विद्यालय आवतजावत गर्दा समेत चिन्ता हुने गरेको मृतक बालकका बुवा रामसिंह मडैंको भनाइ छ। यसका साथै महिलालाई वनजंगल, घाँसदाउरा गर्न समेत डरै डरले गर्न बाध्य छन्। उनले भने “घर आँगनमै खेलीरहेका बालबालिकालाई चितुवा लग्न थालेपछि आफूहरु निकै त्रसित बनेका छौ।”
राज्यले जहिले पनि तल्लोस्वराड भनेर हेप्ने गरेकाले यस्तो समस्या हुदै आएका, केन्द्रवाट सुदूरपश्चिम भनेर हेपियो सुदूरपश्चिमकाले बैतडी र बैतडी सदरमुकाम तथा सुगमवासीले सधै तल्लोस्वराड भनेर हेपेकोले समस्या थपिदै गएको हो महताले भने, “अब राज्यले यो समस्या चाँडै समाधान फेरी अर्काे समस्याको समाना गर्न राज्यले तयार हुनुपर्छ” उनले थपे “अब राज्यको ध्यान तल्लोस्वराडको समाधान तर्फ जान जरुरी छ”
प्रतिकृया दिनुहोस