• मुख्य

    बच्चाको मृत्यु , आमाको पाठेघर फुट्यो,अस्पताललाई लापरबाहीको आरोप

      ओमकार संवाददाता


    काठमाडौं । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई लापरबाही गरेको कारणले शिशुको मृत्यु भएको आरोप लागेको छ ।धादिङकि भुमिका सापकोटा परियारलाई सुत्केरी ब्यथाले च्यापेपछि उक्त अस्पताल भर्ना गरिएको थियो ।

    बच्चालाई Fetal Distress हुदा पनि तुरुन्त अप्रेसन नगरेको कारणले बच्चाको मृत्यु भएको भुमिकाका श्रीमान अमर परियारले ओमकार प्रतिनिधिलाई जानकारी दिए ।`भुमिकाको पाठेघरमा अौषधी राखेको कारणले पाठेघर नै फुटेको छ,उनि अब कहिले आमा बन्दीनन्´ अमरले बताए ।उनलाई आइसियुमा राखिएको छ ।

    `अस्पताल प्रशासनसंगको कुराकानी र त्यहाको वस्तुगत अवस्था निरिक्षण गर्दा उक्त घटनामा हामीले अस्पतालको चरम लापरबाही भएको पायौं ´ सामाजिक अभियान्ता सृजना वाग्लेले भनिन् ।`पिडितलाई उचित क्षतिपूर्ति र न्याय नदिएको खण्डमा जस्तोसुकै कदम चाल्नेछौं´ अर्का सामाजिक अभियान्ता दिनेश कडेलले बताए ।

    यसै सन्दर्भमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसंग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

    प्रतिकृया दिनुहोस