पोखरा– मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल भएको छ । गाडीको ब्रेक फेल हुँदा ब्यान्डका ४ सदस्य घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट झर्दै गर्दा गाडिको ब्रेक फेल भएको थियो । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनाबाट गाडिको अगाडिको भाग कुच्चिएको छ । ब्यान्डका सदस्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ‘त्यस्तो आत्तिन पर्ने गम्भीर केही छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘सबैको अवस्था सामान्य नै छ । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको रहेछ ।’
मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको ब्यान्ड हो ।
प्रतिकृया दिनुहोस