• देश

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

      ओमकार


    रुपन्देही । भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

    आगामी ३० डिसेम्बर २०१९ सम्म निर्माण सकेर जनवरीदेखि नियमित उडान थाल्ने लक्ष्यका साथ तिब्रगतिमा काम भैरहेको छ । विमानस्थललाई काठमाडौ पछिको बैकल्पीक अन्तराष्ट्रिय विमानस्थल भनिएको छ ।

    जुन विमानस्थल पर्यटन वर्ष २०२० मा खुल्ने आयोजनाले जनाएको छ । कुल ६ अर्व ८२ करोड रुपैयाँको लागतमा निर्माण भैरहेको राष्ट्रिय गौरवको यो बिमानस्थलको हाल ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

    बिमानस्थल आयोजनाका अनुसार हालसम्म ३ हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ्ग गर्ने एप्रोन, सव वे, ट्याक्सी वे लगाएतका संरचना निर्माण पुरा भएको छ । यसैगरि मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङ्ग लगाएतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ईञ्जिनीयर प्रबेश अधिकारीले बताएका छन् ।

    अधिकारीका अनुसार आगामी डिसेम्बर ३० सम्म बिमानस्थल निमार्णको सबै काम सकिने छ । जनवरीदेखि यो विमानस्थलबाट सोझै अन्तराष्ट्रिय उडान तथा अवतरण सुरु हुनेछ ।

    प्रदेश सरकारले यही विमानस्थललाई लक्षीत गरि लुम्बिनी भ्रमण बर्ष २०७६ समेत घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस