एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा संविधानसभाका सदस्य योगेन्द्र घिसिङ पक्राउ परेका छन् । ललितपुर प्रहरीले घिसिङलाई आज पक्राउ गरेको हो ।
भैसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा तत्कालीन सभासद घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए ।
घिसिङ २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फवाट समानुपातिक तर्फ सभासद बनेका थिए । संबिधान निर्माणलगत्तै उनले पार्टी छोडेको घोषणा गरेका थिए ।
घिसिङले सार्वजनिक सवारीमा महिलामाथि यौन हिंसा गरेको किटानी जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ललितपुर संखु घर भएका घिसिङलाई कस्तो मुद्धा चलाउने भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रोत शिलापत्र
प्रतिकृया दिनुहोस