डेंगु ज्वरोका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६१ जिल्लाका ३ हजार ९९ जनामा डेंगु पोजिटिभ देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबार साँझसम्म काठमाडौंमा २, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक गरी ६ जनाको मृत्यु भएको हो ।
डेंगुको संक्रमण सबैभन्दा बढी प्रदेश ३ मा २ हजार १० जनामा फैलिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ३ जनामा डेंगु देखिएको छ । जिल्लाका हिसाबले चितवनमा सबैभन्दा बढी एक हजार ३६ जनामा डेंगुको संकमण देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ मा ८ सय ३१, प्रदेश २ मा ३९, प्रदेश ३ मा २०१० जनामा डेंगुको संकमण फैलिएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ८ सय ९६, प्रदेश ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ गरी ६१ जिल्लाका ३ हजार ८ सय ९९ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस