• कला/ साहित्य

    चलचित्र `दासढुंगा २´ राष्ट्रपति देखि ठुला नेतासम्मको हात रहेको देखाए पछि रोक

      ओमकार


    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले चलचित्र ‘दासढुंगा २’को कथामा ठूलै नेताको नामै किटेर आरोप लगाएको भन्दै रोकीएको बताएका छन ।

    बोर्ड अध्यक्षले भने–‘कुनै व्यक्तिको कथामा चलचित्र बन्दै छ भने उसको परिवार वा स्वयंम व्यक्तिसँग अनुमती लिनुपर्छ कि पर्दैन रु चलचित्रमा मदन भण्डारीको हत्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधवकुमार नेपालको हात रहेको भनेर नाम नै तोकेर लेखिएको छ । तर, कथामा कतै पनि यो कुरालाई पुष्टी गरिएको छैन । यसैले, हामीले मदन भण्डारी फाउन्डेशनलाई स्क्रिप्ट अध्ययन गरेर सुझाव पठाउन आग्रह गरेका छौ । उहाँहरुले अहिलेसम्म जवाफ फर्काउनु भएको छैन ।’

    उनले मदन भण्डारी फाउन्डेशनबाट जवाफ आएपछि चलचित्र निर्माणमा इजाजत दिने उनले स्पष्ट पारेका छन् । उनले, मदन भण्डारी फाउन्डेशनलाई बोर्डले कथावस्तु यस्तो आएको छ भन्दै सहजीकरणका लागि पत्र काटेको समेत जानकारी दिएका छन ।

    श्रोत पाथीभरा न्युज

    प्रतिकृया दिनुहोस