एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्ट्सले गुयना एमेजेन वारीयर्ससँग ४७ रनले पराजित भएको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट हुँदै १ सय ३३ रनमा समेटियो ।
बार्बाडोसका लागि एशले नर्सले २५ बलमा समान ३ चौका र छक्का सहित ४० रनको योगदान दिए । जेपी ड्युमिनी २०,जोनसन चाल्स १९ र लेनिको बाउचरले १६ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । गुयनाका लागि रोमारियो शेफर्डले २.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सादब खानले २,सोएब मालिक र चन्द्रपाल हेमराज समान १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको गुयनाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । गुयनाका लागि विकेटकीपर निकोलस पुरन ३० बलमा ५ छक्का र ३ चौका सहित ६१ रनको महत्वपूर्ण योगदान दिदै म्यान अफ द म्याच चुनिए । त्यस्तै चन्द्रपाल हेमराजले ५५ बलमा ६ चौका र ३ छक्का सहित ६३ रन जोडे ।
शेरफेन रदरफोर्डले १४ बलमा ४ छक्का सहित ३२ रनमा अविजित रहे । रोशोन प्राइमसले २,जोसन होल्डर र रेमन राइफरले समान १ विकेट लिए । १ ओभरमात्रै बलिङ गर्ने मौका पाएका सन्दीपले ५ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । बार्बाडोसले अब सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटससँग बिहीबार बिहान खेल्ने छ ।
प्रतिकृया दिनुहोस