काठमाडौं — सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगरपालिका र उपमहानगरपालिकाबारे भोलि सोमबारसम्ममा टुंगो लगाउने निर्णय भएको बताए ।
यस्तै, बाँकी रहेका सबै प्रदेशमा निर्वाचनको तयारी र कार्यदलबाट प्रतिवेदन लिने निर्णय भएको पनि छ ।
गठबन्धनको बैठक आज दिउँसो पुनः बस्नेछ ।
प्रतिकृया दिनुहोस