गौरादह, भाद्र २३ गौरादह नगरपालिका कार्यालयको बा. २ झ २५७० नं. को स्कर्पियो गाडीमा बम बिस्फोट भएको छ । गौरादह ३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको अवस्थामा बम बिस्फोट भइ क्षती पुर्याएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । राती करिब १२:३० बजे ठुलो आवाज सहित बम बिस्फोट भएको स्थानीयले बताएका छन् ।
बम बिस्फोटको आवाज निकै टाढा टाढा सम्म सुनिएको बताइएको छ । बिस्फोट बाट गाडीको अगाडि पट्टीको भाग पुर्णरुपमा क्षति भएको छ भने गाडीका पार्टपुर्जाहरु यत्रतत्र छरिएका छन्, गाडी पार्किङ गरेर राखिएको स्थलको जमिनमा गहिरो खाल्डो परेको र गाडीका टायरहरु पम्चर भएको तथा नम्बर प्लेट समेत झरेको अवस्थामा सुरक्षाकर्मीले घट्नास्थल लाइ नियन्त्रणमा लिएको र अनुसन्धान अगाडि बढाइएको बताइएको छ । बिस्फोट बाट घरका सिसाहरु चर्किएका छन् ।
नगरपालिकाको नाममा रहेको उक्त गाडी प्रमुख प्रसासकिय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएका थिए । प्रमुख कार्यकारी मिश्र धोविनिया स्थित इन्द्र बहादुर कट्वालको घरमा डेरा गरेर बस्दै आएका थिए ।स्मरण रहोस् मिश्रलाइ पटक पटक भ्रष्टाचारीको आरोप लाग्दै आएको थियो ।
कार्यालयभित्र समेत शंकास्पद बस्तु हुनसक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली झिकाएको छ। सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
त्यस्तै, बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति साढे ११ बजे बम विष्फोट भएको छ। शक्तिशाली बम विष्फोट गराइएका कारण साहारा नेपालको गेट, गार्ड रुम, भवनमा प्रयोग गरिएका सिसा फुटेको प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ। घटनाको जिम्वेवारी कसैले लिएका छैनन्।
प्रतिकृया दिनुहोस