• मुख्य

    ३१लाख मुल्य बराबरको अबैध सुपारी बरामत

      ओमकार


    २२ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले १५ टन सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले १५ टन सुपारी बरामद गरेको हो ।

    बाराको निजगढ नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा अवैध सुपारीसहितको ट्रक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२ ख ३७ नम्वरको ट्रकमा ३१ लाख ३५ हजार ७ सय ५० मुल्य बराबरको भन्सार छली ल्याएको १५ टन सुपारी बरामद गरिएको डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । सुपारीसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस