मानिसको खानपानपछिको दोस्रो आवश्यकता निद्रा हो । शारीरिक तथा मानसिक रुपबाट स्वस्थ रहनको लागि मानिसले २४ घण्टामा एक मस्त निद्रा लिनै पर्छ । यो प्रकृतिको नियम हो । यो नियमलाई यदि कुनै कारणवस कसैले पालना गरेन भने उसको स्वास्थ्यमा गडबडि आउन थाल्छ ।
कति सुत्ने ?
आ–आफ्नो निन्द्रा उमेर, स्वभाव, कामको प्रकृति अनुसार सुत्ने समयको पनि फरक- फरक तरिका र नियम हुन सक्छन् । भर्खर जन्मेको एक वर्षभित्रको बच्चाको हकमा १८ घण्टासम्मको निन्द्रा आवश्यक पर्छ भने एक वर्ष नाघेपछि १५ /१६ घण्टा सुत्दा निन्द्रा पुग्छ । त्यसै गरी चार/ पाँच वर्षको भएपछि १२ घण्टाको निद्रा काफी हुन्छ । जति जति उमेर बढ्दै जान्छ, उत्ति निदाउने समय पनि कम हुँदै जान्छ । वयष्क व्यक्ति निदाउने समय भनेको सात /आठ घण्टा हो तर यो व्यक्तिको स्वभावमा निर्भर हुन्छ । कसैलाई सात आठ घण्टा पुरै निदाउनुपर्छ भने कसैले चार /पाँच घण्टामै आफुलाई पूर्ण आरामको अवस्थामा पुर्याउन सक्छन् । यसलाई हेर्दा वयष्क व्यक्तिलाई २४ घण्टामा घटीमा चार/ पाँच देखि बढीमा सात /आठ घण्टासम्मको मस्त निन्द्रको आवश्यकता पर्छ ।
निद्रा नपुगेको कसरी थाहा पाउने ?
निद्रा पुगे नपुगेको व्यक्ति स्वयंले थाहा पाउनुपर्छ र पाउँछ पनि । त्यो कसरी भने आफ्नो कामको आफ्नो कामको प्रकृति अनुसार दिनमा वा रातमा जहिले पनि सुत्न सक्छ । सुतेर उठ्दा आफुलाई आराम भएको र ताजा महसुश भएको छ भने निद्रा मस्त लाग्यो । आजको लागि निद्रा पुग्यो भनेर जाने हुन्छ । यदि आफ्नो सुताईको अवधिभर सुतेर उठ्दा अल्छी लागे जस्तो भयो, अझै सुँतु सुँतु भयो र शरीरमा ताजगी आएन भने मस्त निदाउन सकिएन । शरीरले अझै आराम खोज्दै छ भने बुभ्नु पर्दछ । यदि मस्त निद्रा परेको छ भने शरीर हल्का लाग्छ, मन प्रसन्न हुन्छ । निद्रा नपुगेको शरीरमा भारीपन हुन्छ र मन पनि निराश र खिन्न हुन्छ ।
अनिन्द्राले ल्याउने समस्या
अनिन्द्रका कारण मानिसको शरीरबाट सवभन्दा पहिला शक्ति हराउँछ । कमजोर देखिन्छ ।
आखा पोल्ने, विझाउन थाल्छ ।
टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या देखिन थाल्छ ।
लगातार निदाउन नपाउदा वा नसक्दा घाँटी दुख्ने तथा जिव्रोमा घाउ खटिरा निस्किने समस्याहरु देखिन थाल्छन् ।
सबभन्दा महत्वपूर्ण करा अनिन्द्राको कारणले हाम्रो शरीरको इम्युन सिस्टम नै कमजोर हुन्छ । यदि शरीरको इम्युन सिस्टम नै विग्रयो भने अन्य कुनै चिजले हामीलाई स्वस्थ मार्न सक्दैन र हामी शारिरिक रुपमा कमजोर, शक्तिहिन हुन्छौ भने मानसिक वौद्धिक क्षमतामा ह्रास आई कुनै पनि सिर्जनात्मक काम गर्न विफल हुन्छौं ।
अन्तमा हामीलाई डिप्रेशन जस्तो डरलाग्दोे मानसिक रोगले आक्रमाण गर्न सक्छ ।
अनिन्द्रा समस्या हटाउने उपाय
जतिखेर निन्द्रा लाग्छ, त्यतिखेर सुत्न सकियो भने अनिन्द्राको समस्या निर्मुल नै हुन्छ तर आजभोली यस्तो अवसर सवैलाई नमिल्न सक्छ । सकभर मिलाउने कोसिस गर्नुपर्छ ।
पानी प्रशस्त पिएर पेटमा मल विकार जम्मा हुन दिनु हुदैन ।
दैनिक भोजनमा प्रशस्त मात्रामा क्याल्सियम, भिटामिन डि, बि कम्प्लेक्स समावेश गर्नुपर्छ ।
बिहान खाली पेटमा एक गिलास कागती पानी पिउने, चिया, कफीको सेवन सकभर नगर्ने, गर्नै परे पनि मात्रा घटाउदै जाने, तारेको, भुटेको खानेकुरा नखाने, ध्रुम्रपान, मध्यपानको सेवन गर्नुहुदैन ।
प्रत्येक कुरालाई सकारात्मक ढङ्गबाट सोच्ने बानीको विकास गर्दै जानुपर्छ । सुत्नु अगाडि सम्पूर्ण शरिरको मसाज गर्ने र मधुर संगीत सुन्ने ।
आरामले ओछ्यानमा पल्टिएर लामो सास लिने र छोड्ने, यसरी सास तान्दा आनन्दको अनुभूति गर्ने र सास छोड्दा शरिरिका अंगहरु निदाउन थालेको महशसु हुन्छ ।
दैनिक आधा घण्टादेखि एक घण्टासम्म पसिना निस्कने गरी व्यायम गर्ने ।
प्रतिकृया दिनुहोस