एजेन्सी । यतिबेला दक्षिण कोरियामा नो ब्रा अभियान तीव्र ढंगले अघि बढेको छ । महिलाहरूले भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्।
ब्रा नलगाउन चलाइएको ‘नो ब्रा’ अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन् ।
दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन् । अनि दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन्, ब्रा लगाउनु वा नलगाउनु “व्यक्तिगत स्वतन्त्रता“को विषय हो ।
उनले कतिपय महिला र पुरुषबाट आलोचना खेपिरहेकी छन् । धेरैले उनलाई सामाजिक सञ्जालमा अरूको “ध्यानाकृष्ट गर्न चाहने“ व्यक्तिको रूपमा चित्रित गर्दै जानीजानी उनले उत्तेजना निम्त्याएको आरोप लगाएका छन् । महिला अभियानलाई आफ्नो ख्यातिका लागि उनले प्रयोग गरेको केही मानिसको भनाइ छ ।
‘तपाईँले ब्रा नलगाएकोमा हामी केही भन्दैनौँ । हामीले यति भनिरहेका छौँ कि तपाईँले आफ्ना स्तनको मुख देखाउनुहुँदैन,’ अर्का प्रयोगकर्ताले लेखेका छन् ।
ह्वासा नामले चिनिने अर्की चर्चित गायिकाले पनि आफ्ना तस्बिर हालेर नो ब्रा अभियानलाई फेरि चर्चामा ल्याइन् । हङ्कङमा साङ्गीतिक कार्यक्रम गरी सोल फर्कँदा ब्रा नलगाई सेतो टीशर्टमा खिचिएको उनका तस्बिर र भिडिओ भाइरल भए । तर त्यसयता सर्वसाधारंण महिलाबीच पनि नो ब्रा अभियान लोकप्रिय भएको छ र यसलाई महत्वपूर्ण मानिएको छ ।
– बीबीसीबाट
प्रतिकृया दिनुहोस