• मनोरञ्जन

    सामाजिक सञ्जालमा भाइरल बनेकी समाचारवाचिका सैल सुमन मिडियामा (भिडियो)

      ओमकार


    काठमाडौं – पछिल्लो समय नेपाल टेलिभिजनकी समाचारवाचिका सैल सुमन सिलवाल निकै चर्चामा छिन् । नेपाल टेलिभिजनमा अंग्रेजी समाचार वाचन गर्ने सैल सुमन अहिले आफ्नो सुन्दरताका कारण भाइरल बनिरहेकी छिन् । उनै भाइरल समाचारवाचिका सैल सुमन पहिलो पटक क्यानडानेपालका संबाददाता सन्तोष निरौलासँग कुराकानी गरेकी छिन् । कुराकानीमा भाइरल समाचारवाचिका सैल सुमनले सुन्दरताका कारण आफु भाइरल बन्दा आफुलाई निकै खुसि लागेको बताएकी छिन् ।

    उनले धेरै फ्यानले उनको समाचार वाचन गर्ने सैली, सामाजिक कार्य र सुन्दरताको धेरै तारिफ गरेको बताइन् । आफुलाई धेरैले सुन्दरताका कारण मात्र मुल्याङकन गर्ने नभई अन्य कारणबाट मुल्याङकन गर्ने फ्यानहरु पाउदा आफुलाई निकै खुसि लागेको समाचारवाचिका सैल सुमनले बताइन् । कुराकानीमा उनले आफु भाइरल भइसकेपछी धेरैको प्रपोज समेत आएको बताइन् । पछिल्लो समय सामाजिक संजालमा आफ्नो सुन्दरताका कारण चर्चामा आएकी र धेरै नै फ्यान कमाइसकेकी उनी अब एक सफल समाचारवाचिका र मोडल समेत भइसकेकी छिन् ।

    प्रतिकृया दिनुहोस