एजेन्सी – बिश्वमा अनौठा कुराहरु सुन्न र देख्न पाइन्छ । कुनै कुराहरु सत्य हुन्छन् तर पत्याउन मुस्किल पर्छ । यस्तै भारतको झारखण्डमा एक अनौठो कुण्ड छ । जसको विशेषता सुन्दा पत्याउन निकै मुस्किल पर्छ । तपाईले ताली बजाउँदा पानी माथि उठेको त पक्कै देख्नु भएको छैन होला, भारतको झारखण्डस्थित बोकारो जिल्लामा एक यस्तै कुण्ड छ जसन कुण्ड छेउँमा गएर ताली बजाउदा पानी आफै माथि आउँछ ।
यो अनौठो कुण्ड अहिले बिश्वमा नै निकै चर्चित छ । यो कुण्डबाट चिसोमा तातो र तातोमा चिसो पानी पनि निस्कन्छ । भारतीय मडियाहरुका अनुसार उक्त अनौठो कुण्डमा नुहाउनाले छालाको रोग हट्ने बिश्वास गरिएको छ । यस कुण्डमा आएर मागेको बरदान पनि पुरा हुने बिश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस