दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृनगर झापाको दमकस्थित दमक उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समूहले शानदार जितेको छ । सत्तारुढ नेकपाको निकट प्रगतिशील समूहका उम्मेदवारहरुलाई हराउदै लोकतान्त्रिक व्यवसायीहरुले अधिकांश पदहरुमा जित हासिल गरेका हुन् ।
अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका श्रेष्ठ बिजयी बन्नु भयो । मतगणना सकिए पनि अन्तिम घोषणा गर्न भने बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सवै पदहरुमा लोकतान्त्रिक समूहका व्यवसाइ िनिर्वाचित भए ।
बरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका गोपाल गुरागाईं बिजयी बन्नु भएको छ । उहाँले लोकतान्त्रिक समुहका सुरज आचार्यलाई पराजित गर्नु भयो । त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रीक समुहका राजु खड्का बिजयी बन्नु भयो । उहाँले प्रगतिशिलका युवराज घिमिरेलाई पराजित गर्नु भएको हो । द्वितिय उपाध्यक्षमा लोकतान्त्रीककै राजकुमार योङया प्रगतिशिलका घनस्याम खनाललाई पराजित गर्दै बिजयी बन्नु भयो । त्रितिय उपाध्यक्षमा लोकतान्त्रीककै रमा लिम्बु बिजयी बन्नु भयो । उहाँले प्रगतिशिलका ज्ञाननाथ पौडेल ज्ञानुलाई पराजित गर्नु भएको हो ।
खुल्ला सदस्यको भने अभैm १ सय जति मत गणना गर्न बाँकी रहेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिनुभयो । त्यसैगरी महिला सदस्यमा लोकतान्त्रीककी सुस्मा निरौला र प्रगतिशिलकी लक्कि सिटौला बिजयी बन्नु भएको छ ।
बस्तुगत तर्फ लोकतान्त्रीक समुहबाट दुई जना र प्रगतिशिलबाट तिनजना बिजयी भएका छन् । लोकतान्त्रीक बाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी बन्नु भएको हो भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बन्नु भयो । बस्तुगत तर्फ तिलक डाँगी ७७४, प्रकाश नेपाल ९, भेनष श्रेष्ठ ११४८, राधाकृष्ण आचार्य ८७० रिंगकुमार आचार्य ११४४ मत प्राप्त गर्नु भयो ।
प्रतिकृया दिनुहोस