• फिचर समाचार

    विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा हँगामा

      ओमकार


    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा हंगामा भएको खबर छ । उपसभपाति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले हिन्दूराष्ट्रको विरोध गरेपछि प्रशिक्षण कार्यक्रममा हँगामा भएको बताइएको छ ।

    प्रदेश ३ का सात वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा आज उपसभापति निधिले हिन्दूराष्ट्रको विरोध गर्दै धर्म निरपेक्षताको पक्षमा धारणा राखपछि प्रशिक्षण कार्यक्रमै हँगामा भएको बताइन्छ । प्रशिक्षण कार्यक्रमा निधिले युरोपियन युनियनका पैसा खाएर क्रिश्चियन धर्मको पक्षमा र हिन्दूधर्मको विपक्षमा अभियान चलाएको भन्दै बहुमत महासमिति सदस्यहरूले हँगामा मच्चाएका हुन् ।

    अवस्था उत्तेजित भएर सम्हाल्नै नसक्ने अवस्थामा पुगेपछि निधिका लागि सुरक्षामा खटिएका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी मञ्चमै उक्लिएिका थिए । भक्तपुर जिल्लाको ठिमीको बोडेमा शुक्रबार र शनिबार दुई दिन आयोजित प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का सात जिल्लाहरू भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस