काठमान्डौ | मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपास रहेको जानकारी दिँदै उत्तर जोडिसा र पश्चिम बंगाल आसपास न्यून चापीय प्रणाली रहेको उल्लेख गरेको छ ।
हाल देशभर बदली भई पूर्वी पहाडी भागका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङको सम्भावना भएकोले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।
आगमी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले आइतबार दिउँसो देशभर बदली रही केही स्थानमा मध्याह्नपछि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै आइतबार राति पनि देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस