• मुख्य

    राष्ट्रपतिको लागि डेढ अर्बको हेलिकप्टर आउदै

      ओमकार


    काठमाडौं – राष्ट्रपतिसहित अति विशिष्ट व्यक्ति-भीभीआईपीलाई बोक्नका लागि सरकारले इटालीको निर्माण कम्पनी अगुस्ता वेस्टल्यान्डसँग अर्डर गरेको हेलिकप्टर आगामी मंसिरभित्र नेपाल ल्याउने तयारी गरिएको छ। एडब्लू १३९ हेलिकप्टर अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन सकिने जनाइएको छ।

    यस हेलिकप्टरको उडानका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणका एक जना निरिक्षक पाइलट र नेपाली सेनाका तीन जना पाइलट हाल इटालीमा ‘टाइप कनभर्जन’ प्रशिक्षण गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस