• सम–सामयिक

    शास्त्रका अनुसार बाहिर निस्किदा यस्ता महिलालाई देखे साइत पर्ने

      ओमकार


    हिन्दु धर्ममा आफ्नो काममा निस्किने समयमा देखिने केहि दृश्य तथा अवस्थाले काम सफल हुने या नहुने भन्ने अनुमान गर्ने गरिन्छ ।

    यदी तपाई कुनै आवश्यक काममा जाँदै हुनुहुन्छ र बाटोमा कुनै गर्भवती महिला भेटिए या देखियो भने भगवानलाई धन्यवाद दिनुहोस् । शकुन शास्त्रका अनुसार यसलाई निकै शुभ मानिन्छ । यस्तो अवस्थामा बाहिर निस्किँदा तपाईले गर्न लागेको काममा सफलता मिल्छ ।

    विवाहित महिलालाई लक्ष्मी स्वरूप मान्ने गरिन्छ । देवी लक्ष्मीको प्यारो रंग रातो हो । यो रंगको लुगा लगाएर श्रृंगार गरेर आएकी कुनै स्त्री देखिए पनि यसलाई शूभ मानिन्छ । यस्ता महिला देखिए तपाईको काम सफल हुने मान्यता रहिआएको छ ।

    शकुन शास्त्रका अनुसार कुनै शुभ कार्यका लागि घरबाट निस्किँदा अगाडिबाट कुनै महिलाले पानीले भरिएको गाग्री लिएर आउँदै गरेको देखे त्यसलाई पनि शुभ संकेत मानिन्छ । आजकल निकै कम मात्रमा गाग्रीको प्रयोग हुने गर्छ ।

    यसकारण कुनै बाल्टिन या कुनै अर्को भाँडामा पानी लिएर आएको देखेपनि त्यसलाई सफलताको संकेत मानिन्छ।

    प्रतिकृया दिनुहोस