• मनोरञ्जन

    रेशमैको डोरीमा विक्रम र उषाको रोमान्स

      ओमकार टाइम्स


    गायक निमा शेर्पाको स्वर रहेको गीत ‘रेशमैको डोरी’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द तथा संगीत रहेको गीतमा प्रेमकथा व्यक्त गरिएको छ ।

    भिडियोमा टिकटकबाट चर्चा आएकी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

    भिडियोले एक प्रेमिल जोडीले हाँसी खुशी एकसाथ जिन्दगी बिताउन विश्वास लिएको कुरा देखाइएको छ ।

    भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायाङ्कन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।

    प्रतिकृया दिनुहोस