• विदेश

    पाकिस्तानी सेना भन्छ- ‘कश्मीरका लागि अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लड्नेछौँ’

      ओमकार


    एजेन्सी : पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले कश्मीरका लागि नचाहँदानचाहँदै पनि युद्ध गर्नु पाकिस्तानको बाध्यता हुने बताउनुभएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता गफूरले उक्त कुरा बताउनु भएको हो ।

    उहाँले अन्तिम सास रहेसम्म पाकिस्तानी सेना लड्ने पनि बताउनु भएको छ । ‘कश्मीरका लागि हामी अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लड्नेछौँ’, उहाँले भन्नुभयो ।

    काश्मीरीहरुले स्वतन्त्रता खोजिरहेको र आफूहरू कश्मीरी जनतासँगै रहेको जानकारी दिँदै प्रवक्ता गफूरले भन्नुभयो, ‘कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा स्वतन्त्रताको भावना छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर आउँछ ।’

    पाकिस्तानको स्वतन्त्रताका लागि सन् १९४७ मा नभई सन् १८५७ मै प्रयत्न थालेकाे अवगत राउँदै अधिकार प्राप्तिको दिन आएरै छाड्ने पनि बताउनुभयाे । कश्मीरी जनताले खेप्नुपरेको कठिनाइबारे आफूहरू चिन्तित भएकाे समेत जानकारी गराउनुभयाे ।

    भारतमा “हिट्लरका अनुयायी” सत्तामा रहेको आरोप उहाँकाे थियो। ‘भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा छ। उनीहरूका कारण मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू खतरामा छन्। त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन,’ प्रवक्ता गफूरले भन्नुभयाे ।

    भारतप्रशासित कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको ‘फासीवादी’ सरकारले नेहरूका कदमलाई निमिट्यान्न पारेको सैनिक प्रवक्ता गफूरले आरोप लगाउनुभयाे ।

    भारतले कश्मीरमा हस्तक्षेप गरेपछि पाकिस्तान र भारतबीच तनाव चर्किएको छ ।

    प्रतिकृया दिनुहोस