• पत्र-पत्रिका

    मिलेसम्म रिलेसन, नभए साइबर अपराध

      ओमकार


    महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् ।

    उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो ।

    ‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’

    ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस