मानीस सबैको मनमा उठ्ने प्रश्न हामि किन जन्मन्छौ अनि किन मर्छौ ? जन्मेको किन होला ? आफै जानी जानी जन्मेको त पक्कै होईन होला ?जन्मको प्रयोजन के होला ? यत्रो दुख दिनुथियो भने किन जन्मेको ? के अर्थ छ यो सुख दुख भोग्नमा ? कस्ले गराएको होला यस्तो ? हामि सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ ।
हामि यो दुनियालाई भोग्न जन्मिएका हौ र सबैथोक भोग्न यहाँ मात्र पाईन्छ । नर्कको भोग गर्न पनि यहा पाईन्छ, स्वर्गको भोग गर्न पनि यहाँ पाईन्छ र बैकुण्डको भोग गर्न पनि यहाँ पाईन्छ । मरेपछि पाईन्न,मरे पछि कुनै भोग नै हुदैन । भोग्नको लागि शरिरको आवस्यक्ता पर्दछ । सफ्टवयरले काम गर्नको लागि हार्डवयर चाहिन्छ । हार्डवयर भएन भने जतिसुकै राम्रो सफ्टवयर पनि अर्थहिन हुन्छ त्यसैले सबैकुरा भोग्नको लागि शरिर आवस्यक छ र हामि सबै लोकहरु भोग्नका लागि यहाँ आएका हौ ।
जिउदो छदै बैकुण्ठको भोग पनि गर्न सकिन्छ ,स्वर्गको पनि सकिन्छ र नर्कको पनि भोग गर्न सकिन्छ । मृत्यु पछाडि हाम्रो मन,हाम्रो सस्कार,हाम्रो स्वभाव सबै बिज बनेर बस्छ । हाम्रो चेतनाको कहि अन्तरमा हाम्रो मन बिज बनेर बसेको हुन्छ र फेरि अर्को शरिर लिएपछि बिस्तारै हाम्रो मन प्रश्फुटन हुन्छ । बिज फेरि बिरुवा बन्न थाल्छ र यहि बिरुवामा पुर्व जन्मको सस्कार,पुर्व जन्मको सुखदुख,पुर्वजन्मको कमाई उत्पन्न हुन्छ र यसैलाई हामि भाग्य भन्दछौ ।
भाग्यको भोग गर्नको लागि शरिर लिन आवस्यक छ त्यहि भएर हामि जन्मन्छौ । हामि भोग्न चाहन्छौ,नयाँ कुरा थाहा पाउन चाहन्छौ । यसको लागि शरिर आवस्यक छ ।शरिर भन्दा अलग म किन भए, किन जन्मन्छु , किन मर्छु भन्ने हो भने‘ म न जन्मन्छु , न मर्छु । म जन्म मृत्यु भन्दा अलग छु र जीवन खेल जस्तै हो,यस्तो खेल हो थाहा पाईयो भने हार्दा पनि सुख जित्दा पनि सुख । यो खेल नभएर साच्चै हो भनेर जीवनलाई भोग्यो भने जित्दाखेरि सुख हार्दाखेरि दुख ।
जसले यो जीवनलाई खेलको रुपमा बुझ्यो त्यो ब्याक्ति दुख बाट मुक्त हुन्छ उसले हर हमेसा सुखको अनुभव गर्दछ । हामि आनन्दबाट बनेका छौ,सुखबाट बनेका छौ त्यसैले हामिलाई सुख प्यारो छ त्यसकारण यहि सुख भोग्नका लागि हामि जन्मेका हौ । प्रत्यक कुराको स्वाद थाहा पाउँन हामि जन्मेका हौ तर हामिलाई धेरै कुराको स्वाद थाहा छैन ।
अहिले एउटा जनवारलाई समातेर घाटि रेटु । जनवारको घाटि रेट्दाखेरि यस्तो हुदो रैछ भन्ने अनुभव चाहि छ ,यो अनुभव चाहि हामिले पायौ तर आफु जनवार बनेर अर्कोले घाटि रेट्दा कस्तो हुन्छ हामिलाई त्यो अनुभव छैन, त्यसैले हामि अर्को जन्म त्यो अनुभव लिन जन्मन्छौ । अर्काको घाटि काट्दा कस्तो हुन्छ त्यो त थाहा पाईयो अव आफ्नो घाटि अर्काले काट्दा कस्तो हुन्छ थाहा पाउनु पर्योनि सबै कुरा थाहा पाउनु हाम्रो स्वभाव हो यहि थाहाँ पाउँन हामि जन्मेका हुन्छौ ।
अहिले अरुप्रति जस्तो ब्यबहार गर्छौ यस्तो व्यबहार गर्दाखेरि यस्तो अनुभव हुदोरैछ थाहा पाईयो अर्कोपल्ट मैले गरेकै जस्तो ब्यबहार अरुले गर्दा मलाई कस्तो हुदो रैछ त्यो थाहा पाउन हामि जन्मन्छौ । त्यसकारण हाम्रा अग्रजहरु, हाम्रा ऋषिहरु भन्नुहुन्छ जे आफुलाई मन पर्दैन त्यस्तो कर्म कहिलै गर्नुहुदैन हैन भने त्यहि तिमिले भोग्नु पर्छ ।
आफुलाई मन नपरेको कुरा भोग्नु पर्यो भने हामी दुख भन्छौ आफुलाई मन परेको कुरा भोग्नुपरो भने हामि सुख भन्छौ । त्यसैले आज हामिले कस्तो कर्म गर्छौ, मन पर्ने गर्छौ या मन नपर्ने गर्छौ, आफुलाई मन नपर्ने ब्यबहार अहिले गर्यौ भने यहि ब्याबहार आफुतिर फर्कन्छ । मैले अरुलाई जस्तो ब्यबहार गरे त्यो ब्यबहार गरेको अनुभवले अव अर्कोपटक अरुले त्यो ब्यबहार आफुप्रति गरेको अनुभव हुनुपर्छ । हाम्रो भाग्य यसैले बनेको हुन्छ । यसैलाई हामि भाग्य भन्छौ तर बनाएको चाहि हामिले हो ।
हाम्रो चेतना रातलाई पनि थाहा पाउँन चाहन्छ दिनलाई पनि थाहा पाउँन चाहन्छ । आज दिनको उपभोग गर्यौ भने रातको उपभोग गर्न हाम्रो चेतना लालाहित रहन्छ । हाम्रो स्वभाव त्यस्तो छ बिपरितलाई हामि भोग्न चाहान्छौ बिपरितलाई हामि थाहा पाउन चाहान्छौ । नयाँ खोज्छ हाम्रो मनले,थाहा पाएको त थाहा पाईहाल्यो,थाहा नपाएको चाहि थाहाँपाई हालौ भन्ने जिज्ञासा भित्र रहन्छ र यसैको पुर्तिको लागि अर्को जन्म लिन्छौ ।
बारबार जन्म लिनुको अर्थ बारबार नयाँ ज्ञान पाउनु हो । एउटा पाटो यो जन्ममा पुरा भो अर्को पाटोको लागि अर्को जन्म लिनुपर्छ । राम्रो ब्यबहार अरुलाई गर्दा फेरि मलाई कस्तो अनुभव भयो यो त थाहा पाईयो अव अर्को जन्ममा फेरि अरुले आफुलाई राम्रो ब्यबहार गर्दा कस्तो हुदोरैछ थाहा पाउन हामि जन्मन्छौ । त्यसकारण यो जन्ममा सर्वकल्याणको कर्म गरेको छ भने अर्को जन्ममा सबैले आफ्नो कल्याण गर्दछन् ।
दुइटै अनुभव लिनुपर्यौ दुईटै कुरालाई भोग्नु पर्यो हामि यहि कुरालाई भोग्नलाई जन्मन्छौ । यो पृथ्वी भोगको लागि हो त्यसैले भनिन्छ देवताहरु प्नि मनुश्य यौनि लिनलाई लालाहित हुन्छन् । मानीसको जन्म लिनका लागि आतुर हुन्छन् किनभने मनुश्य भएर मात्र भोग भोग्न पाईन्छ र ईश्वर सदासदा भोगमा डुबेको हुन्छ । त्यसैले ईश्वर भोग गर्नका लागि आफै बिभाजित भएका छन् ।
परमात्मा पहिला एउटै थियो भनिन्छ पछि गएर परमात्माले आफुलाई बिभाजित गर्यो । यो सबै प्राणिहरु ईश्वरको बिभाजित रुप हो । ईश्वरको स्वभाव आनन्दमय छ ,सुख मय छ ,उ सुखको भोग गर्न चाहान्छ । भगवान सुखको स्वरुप हो,आनन्दको स्वरुप हो र आनन्द यहिमात्रै छ । शरिरलाई छोडिसके पछि कुनै प्रकारको आनन्द को अनुभव गर्न सकिन्न । सुखको पनि अनुभव गर्न सकिन्न । जीवन उत्सव मनाउँनलाई हो,हर क्षण उत्सवमय हुनुपर्छ , हर क्षण आनन्दमय हुनुपर्छ ।
जीवन उत्सवमय छ ,आनन्दमय छ । दुख भोग्ने अभ्यासले मात्रै हाम्रो जीवनलाई नर्क बनाएको छ । हामि दुख भोग्नको लागिचाहि अभ्यास्त छौ,दुख भोग्ने अभ्यास बारबार गरेकाछौ । हामिलाई सबैभन्दा मन पर्नेचाहि सुख तर ध्यान चाहि हामि दुखको गर्छौ । हामिले सुख खोजेको हो भने सुखमा ध्यान लगाउनु पर्दछ । हाम्रो ध्यान सदासदा दुखमा गएको छ ।
हामिलाई अरुले दुख दिएको घट्नाको याद हुन्छ तर अरुले सुख दिएको घट्ना याद हुदैन दुख भोगेका क्षणहरुको याद छ तर सुख भोगेको क्षणहरुको याद थाहा छैन र जे को याद बढि गर्छौ त्यहि प्राप्त हुन्छ । हामि आनन्द स्वरुप हौ हामि सुखबाट बनेका छौ । आफ्नो स्वभावमा फर्कने हो भने बारबार सुखको याद गनुपर्छ,सुखको ध्यान गनुपर्छ सुख पाएको अनुभुति गर्नुपर्छ , सुखको अनुभुतिले जीवनलाई स्वर्ग बनाउँछ अनि स्वर्गको भोग गर्न पाईन्छ ।
हैनभने भोग्न त आईयो पृथ्वीमा तर सधै नर्कमात्र भोग्नुपर्छ । जहिले पनि दुखको ध्यान गर्ने मानिसले अरुलाई दुख दिन्छ । जे को ध्यान गरेको छ उसले त्यहि दिने न हो त्यसैले सबैलाई दुख दिन्छ आफुपनि दुख पाउँछ । सुखको ध्यान गर्ने मान्छेले अरुलाई नि सुख दिन्छ र आफुपनि सुखि हुन्छ र जसले अरुलाई सुख दिन्छ अव अरुबाट सुख पाउँदा कस्तो हुदो रैछ त्यो भोग्नलाई फेरि अर्को पल्ट जन्मन्छ र उसको भाग्य अत्यन्त राम्रोहुन्छ । अर्कोजन्ममा सुखै सुख हुन्छ त्यसैले हामि शुख भोग्न जन्मन्छौ ।
अन्तत हामि मर्छौ,किन मर्छौ भन्दा प्रकृति स्थीर छैन यो पृथ्वी निरन्तर घुमिरहेको छ । तारामण्डल,नक्षत्र,ग्रह सबै आफ्नो चक्रमा घुमिरहेका छन् र हामिपनि जीवन चक्रमा त्यसैगरि घुमिरहेका छौ । जन्मियौ,हुर्कियौ, यूवा भयौ, प्रौड भयौ, बृद्ध भयौ अव बृद्ध भईसके पछि मृत्युमा जानैछ किनभने बृद्ध शरिर के काम, बाचेर सुख भोग गर्न सकिन्न ।
यहाँ केहि भोग्नको लागि हामि आएका हौ अव भोग्ने अवस्थै रहेन,भोग्ने सामथ्र्य रहेन,अव प्रयोजन सकियो,शरिरले साथ दिएन,अव भोग्न सकिएन त्यसकारण यो सरिरलाई त्यागिन्छ र फेरि नयाँ शरिर भोग्नकै लागि धारण गरिन्छ । निरन्तर यो भोग्ने क्रम जारिनै रहन्छ । जवसम्म भोग्दा चेतनाको बिराट महासागरमा लयबद्ध गरिन्न,आनन्दको महासागरमा आफुलाई एक बनाईन्न तवसम्म जन्म मृत्यु जारिनै रहन्छ र यो भोग जारिनै रहन्छ । नयाँ नयाँ ज्ञानमा हामि प्रबेस गरिनै रहन्छौ जन्मनुको मुख्य कारण यहिनै हो । अन्तत जन्म भोगको लागि हो मृत्यु स्वभाविक हो ।
प्रतिकृया दिनुहोस