• राजनीति

    लुम्बिनीमा काँग्रेसले बनायो वार्ता समिति

      ओमकार टाइम्स


    बुटवल । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरुसंँग तालमेल गर्न वार्ता समिति बनाएको छ ।

    गठबन्धनका दलहरुबीच उचित र न्यायिक चुनावी तालमेल र सिट बाँडफाँडका लागि वार्ता र संवाद अगाडि बढाउन समिति गठन गरिएको हो ।

    नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यमा प्रतिनिधिसभा सांसद तथा नेता भरतकुमार शाह, उपसभापतीद्वय भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र कोषाध्यक्ष प्रकाश राना छन् ।

    समितिले सत्ता गठबन्धनका दलहरुसंँग चुनावी तालमेलका आधारहरु पहिल्याइ सिट बाँडफाड लगायतका विषयमा छलफल गर्ने प्रदेश सभापती पुनले जानकारी दिए ।
    पार्टीको मतभारका आधारमा न्यायिक ढंगबाट टिकट बाँडफाड गरिने पनि उनले बताए ।

    १०९ वटा स्थानीय तह रहेको लुम्बिनीमा दुई तिहाई बढी स्थानीय तहमा कांग्रेसले दाबी गरेको छ ।
    यस्तै बैठकले प्रदेश कार्य समितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १०१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

    त्यस्तै सभापति पुनकै संयोजकत्वमा नेता भरतकुमार शाहसहित कार्यसमितिका पदाधिकारी, प्रदेशका १६ वटै जिल्लाका सभापतिसम्मिलित ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

    यसैगरी, महामन्त्री विगक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति गठन भएको भने माधव खरेलको संयोजकत्वमाा ४ सदस्यीय अनुशासन समिति गठन गरिएको छ ।

    प्रतिकृया दिनुहोस