• मुख्य

    धर्म परिवर्तन गराउने आसयको अभिव्यक्ति दिएका बाबुरामको चौतर्फी आलोचना

      ओमकार


    काठमाडौँ, भदौ २० । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । विहीबार समता फाउण्डेशनले गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले दलित समुदायलाई हिन्दु धर्मले विभेद गरेको कारण सोही धर्म मानिरहनुपर्नेमा औचित्य नभएको बताएपछि उनि विवादमा तानिएका हुन्

    डा. भट्टराईले धार्मिक द्वन्द भड्काउन खोजिएको भन्दै सामाजिक संजाल र संचारमाध्यमहरुमा टिकाटिप्पणी सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बाबुराम भट्टराईको अभिव्यक्तिलाई उदृत गर्दै समाजमा भ्रम फैलाएको आरोप लगाएका छन् । उनि लेख्छन, ‘
    चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः।
    तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्यम्।।
    स्वयं भगवान श्रीकृष्णले गितामा जन्मको आधारमा होईन,गुण र कामको आधारमा समाज व्यवस्था गरेको उल्लेख छ। भ्रम सिर्जना गरेर सार्वजनिकरुपमा धर्मपरिवर्तन गर्न उक्साउने कार्य अपराध हो ।’

    त्यस्तै ओम कुमार थापाले पनि भटटराईको अभिव्यक्तिको विरोध गर्दै ट्वीटरमा लेखेका छन् , ‘बाबुराम भट्टराईको काम जहिल्यै पनि मान्छे उचाल्नमै सिमित रहने भयो । समस्याको सही समाधान निकाल्न भन्दा पनि बल्झाउन खप्पिस भट्टराईले कसको के स्वार्थमा बोल्दैछन् रहस्यमय देखिँदैछ । अब दलितहरुलाई उचालेर हिन्दु धर्ममाथि प्रहार गर्ने यिनको दुर्नियत कदापी सफल हुन्न। ’

    डा. भट्टराईले अम्बेडकरको प्रसंग स्मरण गर्दै दलितहरुलाई भनेका थिए ‘कि त हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ कि त तपाईंहरुले त्यो परित्याग गर्नुपर्छ । हिन्दूत्वको नाममा जातपात प्रथा कायम गर्नेमाथि अन्तर्राष्ट्रिय समुदायले किन नाकाबन्दी नलगाएको ? यो प्रश्न हिँजो पनि उठेको थियो । धर्मको विषय भएकाले यसमा ती समुदायमा सामान्य विषय उठे पनि कोही निर्णयमा पुग्दैनन् ।

    पूर्वप्रधानमन्त्री डा। भट्टराईले जातपात प्रथा मानवअधिकारको उल्लंघन भन्दै ऋग्वेदबाटै जातीय बिभाजन गरिएको बताएका थिए । दलितलाई मान्छे नै नमान्ने हिन्दू धर्म मान्ने दलितहरुमाथि समेत उनले प्रश्न उठाएका थिए ।

    आफ्नो अभिव्यक्तिलाइ गलत रुपमा व्याख्या हुनसक्ने अनुमान गर्दै डा. भट्टराईले अन्तमा भने, ‘ मैले बोलेँ भने डलर खाएर बोल्यो भन्छन् । यसमा तपाईंहरु बोल्नुपर्छ । पाप लाग्छ भने मलाई लागोस् तर तपाईंहरु हिन्दू धर्म किन स्वीकार गर्नुहुन्छ ? त्यसमा सुधार हुँदैन भने तपाईंहरुले किन मान्ने ? अम्बेडकर आफैं हिन्दू भएर जन्मिए, तर जातीय विभेदका कारण मर्ने बेलामा बुद्ध धर्म अँगाले ।

    प्रतिकृया दिनुहोस