त्रिभुवन मावि वीरगञ्जमा नौ कक्षामा अध्ययनरत १५ वर्षीय किशोरीमाथि एसिड प्रहार गरिएको छ।
वीरगञ्ज महानगरपालिका–३ मा मामाघरमा बसेर पढ्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। आज बिहान ६ बजे खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।
सम्साद मियाँ र माजिद आलमले एसिड प्रहार गरेका हुन् । उनीहरूले खातुनको मुख, छाति र हातमा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर उनीहरू फरार भएका थिए।
प्रहरीले एसिड प्रहार गर्ने सम्साद मियाँलाई भने नियन्त्रणमा लिएको छ। अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिकृया दिनुहोस