काठमाडौँ । चर्चित हाँस्य टेलिश्रृंखला “भद्रगोल” नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने “भद्रगोल” अब नक्कली बाबुराम भट्टराई बनेर चर्चामा आएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो ।
“भद्रगोल” टेलिफिल्मलाई कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् ।
भाद्र २० गते९शुक्रबार ८ः५० बजे प्रसारण हुने “भद्रगोल”मा पहिलेकै चर्चित पात्र ज्योति काफ्ले मङ्गल थाडु बनेर आउनेछन् भने अशोक धिलात बाहुन डनकै भूमिकामा देखिनेछन् ।
भद्रगोलमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना लगायतका कलाकारको अभिनय रहने छ । यसअघिका कलाकार जिग्री, पाँडे रक्षा नहुँदा भद्रगोल केही खल्लो हुनसक्छ ।
प्रतिकृया दिनुहोस