• राजनीति

    हिन्दुराष्ट्र र राजसंस्था पार्टीको प्रमुख आधार हो:दिलमाया तामाङ

      ओमकार


    काठमान्डौ- राप्रपा ( संयुक्त ) कार्यसम्पादन समितिका सदस्य दिलमाया तामाङ ( राना)ले गणतन्त्र र राजतन्त्रको दोसाँधमा अल्मलिएर बैकल्पिक शक्ति निर्माण गर्न असम्भव रहेको बताएकी छिन।

    कार्यसम्पादन समितिका सदस्य दिलमाया तामाङ ( राना) ले बोल्दै देशमा एउटा रास्ट्रवादी प्रजातान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्ने उदेश्यले दुइपार्टी एकीकरण भइ राप्रपा संयुक्त भएको हो।पार्टीको मुलभुत रुपमा हिन्दु रास्ट्र र राजसस्था प्रमुख आधार हो तर सबै पक्ष लाई चित्तबुझ्दो सहमतिको आधारमा भन्ने शब्द प्रती आपत्ति जनाएकी छिन।

    पार्टीको बिधान लाई अङ्गिकार गर्नु सबैको दायित्व भएको हुदा विभिन्न सञ्चार माध्यमहरु बाट शिर्ष नेताहरुको भ्रामक अभिव्यक्ति आउनु अझै दुखदायी रहेको छ यसको असर प्रत्यक्ष रुपना सिङ्गो पार्टीलाई पर्नुका साथै जनता माझ पार्टी प्रतिको धाराणा समेत नकारात्मक पर्ने बताएकी थिईन।

    उनिले पार्टीमा भएका विभिन्न गतिबिधीहरुलाई बताउदै अनुशासन समितिले काम गर्न नसकेको आरोप समेत लगाएकी थिइन। उनिले समतामूलक समावेशी भौगोलिक , जातीय ,लैङ्गिक समानता पार्टीको हरेक तहमा हुनुपर्छ र बैकल्पिक शक्ति दशा होइन दिशा निर्देशन गर्ने हो भने सैद्धान्तिक रुपम प्रष्ट हुन समेत अनुरोध गरेकी थिईन।

    राप्रपा (संयुक्त)को उच्च स्तरीय कार्यसम्पादन समिति, कार्यसम्पादन समिती र केन्द्रीय सदस्यको संयुक्त बैठक आज काठमान्डौमा बसेको थियो।नयाँ बानेश्वर स्थित अर्पण पार्टी प्यालेसमा आज बाट शुरु भएको बैठक २ दिन चल्ने बताएको छ।आज बैठकमा प्रस्तुत भएका प्रतिवेदन माथिको छलफल जारी रहेको थियो।बैठकमा अध्यक्ष पशुपति शमशेर जवराले राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।त्यसैगरि सचिवालय प्रतिवेदन सचिवालय संयोजक ध्रुब बहादुर प्रधान र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्याम तिमिल्सिनाले प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथिको छलफल पश्चात् नेताहरूले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

    बैठकको पहिलो दिन बोल्ने अधिकांश नेताहरुले पार्टीले मुलभुत आधार राजसंस्था र हिन्दुरास्ट्र सम्बन्धी एजेन्डा बलियो भएको अवस्थामा पनि पार्टीको नेतृत्व कमजोर रहेको औल्याएका थिए । साथै उनीहरुले आफुहरु सङ समान धाराणा राख्ने राष्ट्रबादी पार्टीहरु दल संगठनहरुका बीच एकता अपरिहार्य रहेको पनि बताएका छन ।

    यसैबीच शुक्रबार अपरान्ह १ बजे पत्रकार सम्मेलनको आयोजना गरिने समेत भएको छ।

    प्रतिकृया दिनुहोस