• मुख्य

    प्रधानमन्त्री आज स्वदेश फर्कदै

      ओमकार


    प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज फर्किँदै छन्। प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए।

    मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए। सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको उपचार भएको थियो।

    उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।

    प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि सिंगापुर पुगेका थिए। उनीहरु पनि प्रधानमन्त्रीसँग फर्किँदै छन्।

    प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने फर्किसकेका छन्। यसअघि पनि प्रधानमन्त्रीले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए।

    प्रतिकृया दिनुहोस