• विदेश

    चिनले बिकास गर्यो स्पाइडरम्यान जस्तै जालो फ्याकेर सिकार गर्ने ड्रोन

      ओमकार


    एजेन्सी।चिनले नयाँ शिकारी ड्रोनको विकास गरेको जनाएको छ। आफ्नो नयाँ ड्रोनले अन्य ड्रोनलाई परास्त गर्नसक्ने चीनको दाबी छ।

    ड्रोनले १६ स्क्वायर मिटरको जालो फ्याँकेर साना विमानहरुसमेत खसाउनसक्ने चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ।

    चिनियाँ सेनाको अंग्रेजी वेबसाइटका अनुसार यस ड्रोनले स्पाइडरम्यानजस्तै शिकार गर्नसक्छ।

    स्पाइडरम्यान मार्भलको फिक्सन चलचत्रि हो। जहाँ मुख्यपात्र स्पाइडरम्यानले दुश्मनलाई परास्त गर्न जालो फ्याँक्छन्।

    यस शिकारी ड्रोनको निर्माण चाइना एरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कर्पोरेसनले गरेको हो।

    चीन वर्तमान विश्वको सबैभन्दा छिटो प्रविधिमा फड्को मारिरहेको मूलुक हो। चीनले विश्वभर आफ्ना प्राविधिक सामाग्री विक्रि गर्ने गर्दछ।

    प्रतिकृया दिनुहोस