• विदेश

    भारतमा भयानक बिस्फोट २३ को मृत्यु

      ओमकार


    एजेन्सी । भारतमा रहेको एक पटका कारखानामा भयानक विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् भने अन्य २७ जना घाइते भएको बताइएको छ । यो विस्फोटन सन् २०१७ पछिकै ठूलो मानिएको छ ।

    ५० जना मजदुरहरूको कारखाना भवनको भत्किदा गाडिएका कारणा मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घाइतेमध्ये १४ को अवस्था झनै गम्भीर रहेको बताइएको छ । घटना बेलुका ४ बजेतिर भएको हो ।विस्फोटको आवाज कारखानाबाट केहि किलोमिटर पर सम्मसमेत सुनिएको जनाइएको छ।

    देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् । पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।

    प्रतिकृया दिनुहोस