• सम–सामयिक

    कब्जियतले सतायो ? अपनाउनुस् यी घरेलु उपाय

      ओमकार


    काठमाडौं — कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । 

    लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । 

    यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् । 

    १ सुक्खा जामुन
    ६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् । 
    पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो । 

    २ नासपाती
    दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् । 
    नासपातीका सानासाना टुक्रा पार्नुस् र ब्लेन्डरमा पिस्नुस् । पिसेपछि एउटा गिलासमा रस निकाल्नुस् । त्यसपछि गिलासमा कागतीको रस र बीरेनून हाल्नुस् । तपाईंको नासपाती जुस तयार भयो । 

    ३ स्याउ
    एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी लिनुस् ।
    सबभन्दा पहिला स्याउ काट्नुस् र ब्लेन्डरमा पिस्नुस् । त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्नुस् र राम्ररी घोल्नुस् । तपाईंको जुस तयार भयो । 

    ४ सुन्तला
    एक कप सुन्तला र एक चिम्टी बीरेनून ल्याउनुस् ।
    ब्लेन्डरमा सुन्तला हालेर त्यसको रस निकाल्नुस् । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्नुस् र बीरेनून मिसाउनुस् । सुन्तलाको जुस तयार भयो । 

    ५ कागती
    आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो । 
    एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्नुस् । कागतीको जुस तयार भयो । 
    यी जुसहरूले तपाईंको कब्जियत भगाइदिन्छन् । 

    प्रतिकृया दिनुहोस