काठमाडौं : बुधबार देशका केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थानभन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित भएको उल्लेख छ। बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षा हुनेछ। थोरै स्थानहरुमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
राति देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
श्रोत अन्नपूर्ण पोष्ट
प्रतिकृया दिनुहोस