जनकपुर — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोधनै नगरी फर्किएका छन् ।
मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमानवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममासहभागी हुन मंगलबार जनकपुर आएका थिए । मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भए पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् ।
दर्शक कम भएकाले मन्त्री महासेठले कार्यक्रमलाई सम्बोधन नगरिएको भए पनि आयोजकले अत्यधिक गर्मीका कारण कार्यक्रम स्थगित गरिएको दाबी गरेको छ।’अत्यधिक गर्मीको कारण सहभागीहरुलाई कठिनाई हुने भन्दै मन्त्रीज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुभएन ‘ आयोजक संस्थाका सञ्जयकुमार साहले भने। स्रोतका अनुसार सहभागी कम भएको भन्दै मन्त्री महासेठ रिसाएका थिए ।
रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ दिउँसव १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्यबाहेकको उपस्थिति अति न्यून थिए।मन्त्री महासेठले न्यून सहभागितालाई दृष्टिगत गरी पहिले पूजाअर्चना गर्न निर्देशन दिए । मन्त्री महासेठले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फर्किएका थिए ।
श्रोत कान्तिपुर
प्रतिकृया दिनुहोस